
काठमाडौँ, ९ बैशाख । लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा जारी गर्न लागेको १० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर, २०८६को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सोमबार दुवै कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल रु २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको रु ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।
लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११८ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टहरु छन् ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा पनि आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।















प्रतिक्रिया