४ कार्तिक २०८३, बुधबार

युक्रेनका राष्ट्रपती बने हास्यकलाकार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, ९ वैशाख । युक्रेनमा हास्यकलाकार भोलोडिमर जेलेन्स्की भारी बहुमतले राष्ट्रपतीय चुनावमा विजयी भएका छन् । निर्वाचनमा हास्यकलाकार जेलेन्स्कीले ७३/१७ प्रतिशत मत प्राप्त गर्दा उनका विपक्षी प्रतिद्वन्द्वी तथा बहालवाला राष्ट्रपति पेट्रो पारोशोन्कोले २४/४९ मत प्राप्त गरे ।

पहिलो एक्जिट पोलको रिपोर्ट प्रकाशित भएपछि पारोशोन्कोले हार स्वीकार गरे पनि राजनीति नछोड्ने बताएका छन् । राजनीतिमा नव आगन्तुक ४१ वर्षीय जेलेन्स्की एक व्यङ्ग्यात्मक टेलिभिजन श्रृङ्खला ‘सर्भेन्ट अफ द पिपल’ मा गर्ने अभिनयलाई लिएर चिनिन्थे, जसमा उनको चरित्र गल्तीवश युक्रेनको राष्ट्रपति बन्छन् ।

‘कुनै पनि विषयमा हामी शान्ति वार्ताको दिशामा रहनेछौं र संघर्ष समापनतर्फ अघि बढ्नेछौं’, नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरुलाई भने । जेलेन्स्कीसँग कुनै राजनीतिक अनुभव छैन । यही कारणले गर्दा नै उनले चुनावी अभियानमा आफू अरु उम्मेदवारभन्दा फरक रहेको बताएका थिए ।

युक्रेनको राष्ट्रपति बनेपछि जेलेन्स्की पनि युरोपको प्रभावशाली नेतामा गनिन थालेका छन् । जेलेन्स्की पाँच वर्षे कार्यकाल सम्हाल्नेछन् ।