
काठमाडौं, ९ वैशाख । टर्कीका विपक्षी दलका नेता कुटिएका छन् ।
रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लुमाथि कुटपिट भएको हो । टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका क्लिकदारोग्लुमाथि कुटपिट भएको हो ।
उनलाई कार्यकर्ताले भीडमाझबाट सुरक्षित रुपमा एक घरमा लगेर केहीबेर राखेपछि मात्र बाहिर निकालिएको थियो ।
टर्कीका कुर्दिस विद्रोहीसँगको भिडन्तमा मारिएका एक सैनिकको श्रद्धाञ्जली समारोहमा सहभागी हुने क्रममा उनीमाथि आक्रमण भएको हो ।















प्रतिक्रिया