सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

चलचित्र ‘तुलसी’को ट्रेलर र गीत रिलिज

दैनिक नेपाल २०७६ वैशाख ९ गते ९:३१

अमेरिका । ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र तुलसीको ट्रेलर सार्वजनिक भएको छ ।

डिजिटल माध्यमबाट विश्वव्यापी डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र तुलसी चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताइन । छुवाछुत तथा जातीय विभेद जस्तो गहन विषय वस्तुमा केन्द्रित चलचित्र तुलसीले चेतनाका साथै मनोरञ्जन दिन्छ ।

ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भूमिकामा छन् । विशेष भूमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन् ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिको ब्यानरमा तयार तुलसी वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ ।

यसअघि सार्वजनिक आजको रमाइलो बेला र सिम सिम पानी, बोलको गीतलाई दर्शकले रुचाएका छन् । राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको छ ।

चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व.कुमार कान्छाले स्वर दिएका छन ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र तुलसीको एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् ।

त्यसमा शिव परियारको स्वर रहेको छ । तुलसीलाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गर्नुभएको हो भने यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित