४ कार्तिक २०८३, बुधबार

कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण गरि कारोवार सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आइतबार पोखरा महानगरपालिकाको वडा नं. १७, विरौटा चोकमा सेलवेज मार्ट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी, बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ सेवा सुविधासँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । मेयर जीसीले समारोहमा बैंकले हालसालै ल्याएको आई बैंकिङ रिलोडेड सेवाको प्रशंसा गर्दै बैंकको उत्तरोतर प्रगतिको कामना गरे ।