४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकले गरेको रक्तदान कार्यक्रममा ५६६ जनाद्वारा रक्तदान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ बैशाख । सिटिजन्स बैंकको वार्षिक उत्सवको अवसारमा ५ सय ६६ जनाले रक्तदान गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल सहित देशका विभिन्न स्थानमा कुल ५ सय ६६ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकले उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम गरिएको हो ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ र उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५ जनाले रक्तदान गरेका छन् ।

यस्तै, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ जनाले रक्तदान गरेका बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी गरेको छ । साथै, सोही अवधिभित्र रु.१ अर्ब ४९ करोड १४ लाख संचालन मुनाफा र रु. १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमश :  ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको छ ।

बैैंकले कारोबार संचालन गर्दै आएकोे १२ वर्षको समयावधिमा देशभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।