
काठमाडौं, ८ बैशाख । भारतको इलाहवादको उच्च अदालतले भारतीय जनता पार्टीका विधायक अशोकसिंह चन्देललाई आजीवन कारावासको सजाय सुनाएपछि चन्देल अदालत परिसर बाटै फरार भएका छन् ।
उत्तर प्रदेशको हमीरपुर जिल्लामा २२ वर्ष पहिला भएको एक सामूहिक हत्याकाण्ड मुद्दामा फैसला गर्दै अदालतले भाजपा विधायक चन्देलसहित १० जनालाई आजीवन कारावासको सजाय सुनाएको हो। सजाय घोषणा हुँदा विधायक चन्देल अदालतमै थिए। तर दोषी ठहर भएको फैसला सुनेपछि भने फरार भएका हुन्।
सो सामूहिक हत्याकाण्डमा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो। १९९७ जनवरी २६ मा शुक्ला र चन्देलबीच हमीरपुरको सुभाषनगरमा वादविवाद भएको थिय। पछि यसले ठुलो झगडाको रुप लिँदै गोली हानाहानसम्म पुगेको थियो। सो गोली काण्डमा परी नेता शुक्लाका दुई भाई राकेश शुक्ला र राजेश शुक्ला, नौ वर्षका भतिजा अम्बुज, वेद नायक र श्रीकान्त पाण्डेको मृत्यु भएको थियो।
घटनाका प्रत्यक्षदर्शी राजीबले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अशोकसिंह चन्देल, रघुवीर सिंह, डब्बु सिंह, उत्तम सिंह, प्रदीप सिंह, नसीम, श्याम सिंह, झन्डु र भान सिंहविरुद्ध मुद्दा दायर गरेका थिए।
घटनामा दुई बालक र अन्य ५ जना घाइते भएका थिए।















प्रतिक्रिया