
काठमाडौँ, ७ बैशाख । सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेड १३औँ वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गते २०औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको बैंक शनिबारदेखि १३औँ वर्षमा प्रवेश गरेको हो । तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी गरेको छ । साथै, सोही अवधिभित्र रु.१ अर्ब ४९ करोड १४ लाख संचालन मुनाफा र रु. १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमश : ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार बिहान बैंकिङ सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ । बैंकको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश मन्दिर – तिन धारा – दरबारमार्ग —नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरे ।
१३औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत स्नो याक फाउन्डेशनलाई आर्थिक सहयोग स्वरुप एक लाख प्रदान गरेको छ ।
यस्तै, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था बेवी लाइफ होम कीर्तिपुरलाई आर्थिक सहयोग स्वरुप दुई लाख र विभिन्न उमेर समूहका असमर्थ, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आइरहेको चितवनस्थित मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले नेपाल रेडक्रस सोसाइटीको ‘रक्तदान जिवनदान’को नारालाई सार्थक बनाउँदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम कार्यक्रम गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतसहित अन्य कर्मचारी तथा सेवाग्राहीहरुले रक्तदान गरेका छन् ।
बैैंकले कारोबार संचालन गर्दै आएकोे १२ वर्षको समयावधिमा देशभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।
विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया