४ कार्तिक २०८३, बुधबार

विराट कोहली नेतृत्वको रोयल च्यालेञ्जर्स विजयी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ वैशाख । खराब लयमा रहेको विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार बेलुका भएको खेलमा भने जित निकालेको छ ।

आइपिएलको यो संस्करणमा लगातार हार भोग्दै आएको बैंग्लोरले नवौँ खेलमा दोस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो ।

घरेलु मैदानमा २१४ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०३ रन बनाउन सक्यो ।

उसका लागि नितिश राणाले ४६ बलमा ९ चौका र पाँच छक्काको सहयोगमा नटआउट ८५ तथा आन्द्रे रुसेलले २५ बलमा दुई चौका र ९ छक्काको सहयोगमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बैंग्लोरका डेल स्टेनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले विराट कोहलीको शतकीय पारीमा २१३ रन बनायो । कप्तान कोहलीले ५८ बलमा ९ चौका र चार छक्काको सहयोगमा १०० रन बनाएका हुन् ।

यस्तै उसका लागि माइन अलीले २८ बलमा पाँच चौका र ६ छक्काको सहयोगमा ६६ रनको योगदान दिए । कोहली र अलीको उत्कृष्ट प्रदर्शनमा बैंग्लोरले जित निकालेको हो ।