५ कार्तिक २०८३, बिहिबार

डा.निरौलाको गीत ‘विश्वास’मा केकीको अभिनय

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक डा.रामकृष्ण निरौलाले ‘विश्वास’ बोलको गीत रिलिज गरेका छन् ।

डा.निरौलाले युट्युबमार्फत ‘विश्वास’लाई रिलिज गरेका हुन् । गीतमा मायापिरितका कुरा राखिएका छन् ।

गीतका शब्द डा.भोला रिजालले लेखेका हुन् । संगीत नरहरि प्रेमीले दिएका छन् ।

म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ । म्युजिक भिडियोमा नायिका केकी अधिकारीले अभिनय गरेकी छिन् । अधिकारीलाई आरसी थापाले साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन आरसी थापाले गरेका हुन् । बिदुर क्षेत्री र निजम केसीले छयाँकन रहेका छन् । भिडियोका सम्पादक निजम केसी हुन् ।