४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गे अड्डामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ बैशाख । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गे अड्डामा शुक्रबार औपचारीक रुपमा शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । शाखा कार्यालय दद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैंकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), चन्द्रागिरी नगरपालिका–१५ का वडा अध्यक्ष उत्तमबहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना दिए । समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान् अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले विकास निर्माणका कार्यहरुमा बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सँधै तत्पर रहेको बताए ।

त्यसैगरी, बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा एटीएमबाट सेवाहरु प्रदान गर्दै आएको छ ।