४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा बस बिसौनीको उद्घाटन गरे । यसबाट उक्त क्षेत्रमा बसोवास गर्ने आमनागरिकलाई सहज हुने बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना कालदेखि नै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जानकारी गराए । संस्थालाई सहयोग गरिनु यसै सिलसिलाको निरन्तरता रहेको उल्लेख गरे ।

समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको बस बिसौनीबाट स्थानियवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बैंकले देशभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।