काठमाडौं, ६ वौख । एनसेलले एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपियाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् ।
विद्यार्थीले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।
रु.१ एसइइ सिम कार्ड (पहिलो सिम) का अफरहरुः
एसइइ सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु. १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।
सिम सुचारु गरेपछि यदि ग्राहकले रु.५०÷वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ । यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नु हुनेछ ।
यो पहिलो सिम अफर यही २०७६ बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ ।
थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ ।















प्रतिक्रिया