
काठमाडाैँ, ५ बैशाख । राइड सेयरिङ कम्पनी टुटलले साढे ३ करोड हाराहारीमा सरकारलाई कर बुझाउनुपर्ने भएको छ । यात्रुबाट पैसा उठाएर सरकारलाई तिर्नुपर्ने कर नतिरेको कर कार्यालय ललितपुरले ठहर गरेको छ।
कम्पनी सञ्चालन भएदेखिको भ्याट, आयकर, जरीवाना गरि टुटलले करिब साढे ३ करोड तिर्नुपर्ने आन्तरिक राजस्व विभाग ललितपुर स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, अर्को राइड सेयरिङ कम्पनी पठाओको पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । हाम्रो देशमा राइड सेयरिङ्को कानुनी प्रकृया नभएकाले यो समस्या आएको टुटलका संस्थापक शिक्षित भट्टले बताए।
आफूहरूलाई कमिसनमा मात्र कर लगाउनुपर्ने उनको तर्क छ। इ–सेवा, अनलाइन सपिङलगायत कम्पनीलाई कमिसनमा कर लगाएजस्तै टुटललाई पनि कमिसनमा कर लगाउनुपर्ने उनको तर्क छ।
टुटल एप्स १ लाखभन्दा धेरै डाउनलोड भइसकेको छ।















प्रतिक्रिया