४ कार्तिक २०८३, बुधबार

यसरी तुइयाे नेपालकाे विश्वकप खेल्ने सपना

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ५  बैशाख । मलेसियामा जारी अन्डर नाइन्टिन एक दिवसीय विश्वकप क्रिकेटमा छनोट चरण पार गरी विश्वकपमा सहभागि हुने नेपालको लक्ष्य तुइएको छ ।

युएइ भने खेलमा शतप्रतिशत नतिजा निकाल्दै विश्वकपको आगामी यात्राका लागि छानिएको छ । बिहीबार युएईले ओमनलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शत प्रतिशत नतिजा निकालेको हो ।

ओमनसँग युएई पराजित भएको अवस्थामा नेपालले कुवेतलाई पराजित गर्दा रन रेटका आधारमा अघिल्लो चरणका लागि नेपालले प्रवेश पाउन सक्थ्यो । ओमनलाई नौ विकेटले पराजित गर्दै युएई जारी प्रतियोगिताको शीर्ष स्थानमा कायम छ ।

नेपाल जारी खेलमा कुवेतमाथि जित हासिल गरेको अवस्थामा पनि दोस्रो स्थानमै थन्किएको छ ।