
काठमाडाैँ, ५ बैशाख । बिहीबार छापावाल सुनको भाउ तोलामा २ सय घटेको छ । आज सुन प्रतितोला ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।
चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।















प्रतिक्रिया