
काठमाडौँ, ५ बैशाख । भ्रष्टाचारकाे आरोप लागेपछि पेरुका पूर्व राष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् ।
राष्ट्रपति गार्सियोलाई पक्राउ गर्न प्रहरी घरमा आएपछि गार्सियोले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन । गार्सियोलाई तुरुन्तै अस्पताल लगिए पनि उनको अस्पतालले मृत घोषित गरेको हो ।
गार्सियाको मृत्यु भएको खबरसँगै अस्पताल अगाडि मान्छेहरूको घइँचो लागेको थियो। गार्सियोलाई ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप लागेको थियो । गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरूका राष्ट्रपति थिए ।















प्रतिक्रिया