४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको चेतना बचत खाता सञ्चालन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणालीभित्र अटाउने उद्देश्यका साथ २०७६ बैशाख १ गते नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६” अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको “प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्पmबाट रु. १००।– (एक सय रुपैयाँ) जम्मा गरिदिने व्यवस्था रहेको छ ।

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाट नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” को सफल कार्यान्वयन हुने तथा ग्राहक महानुभावहरुले प्रभु चेताना बचत खाता खोली लाभ प्राप्त गर्नुहुनेछ भन्ने बैंकले विश्वाश लिएको छ ।