४ कार्तिक २०८३, बुधबार

माछापुर्च्छे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । माछापुर्च्छे बैंकले नेपाल सरकारको ‘खोलौ केन्द्रमार्फत खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।

कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण केन्द्रमार्फत सुबिधा प्रदान गरीरहेको छ । साथै, केन्द्रमार्फतको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।