४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ बैशाख । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्घिबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेगरि सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकका करिब १५ लाख ग्राहक रहेका छन् । बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकार दिए ।