
काठमाडाैँ, ४ बैशाख । बुधबार सुनको भाउ तोलामा ३ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको घटेको हो । मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।
यस्तै, तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने रु ५ ले बढेको छ । मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।















प्रतिक्रिया