
अमेरिका, ४ वैशाख । अमेरिकामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गर्ने यौन पिपासु ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । एक पीडितले उजुरी दिएपछि ७१ वर्षिय पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।
अनुसन्धानकर्ताहरुले उजुरीबारे तथ्य संकलन गर्दा फाउन्टेनले अन्य बालबालिकामाथि पनि यौनशोषण गरेको फेला परेको थियो । फाउन्टेनले सन् १९७० र १९८० को बीचमा कयौँ बालबालिकामाथि यौन शोषण गरेको र सबै पीडितहरु १३ वर्षमूनिका भएका बताइएको छ । फाउन्टेनलाई प्रहरीले हिरासतमा राखि अनुशन्धान गरिरहेको छ ।















प्रतिक्रिया