४ कार्तिक २०८३, बुधबार

कमलपोखरी प्रहरीलाई मुक्तिनाथको १० हजार स्टिकर

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । मुक्तिनाथ विकास बैंकले सामाजिक चेतनाका लागि कमलपोखरी प्रहरी वृत्तसँग सहकार्य गरेको छ ।

सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टासिनेछ ।

स्टीकर मुक्तिनाथ विकास बैंकको मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरी प्रहरी नायव उपरीषक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरेका थिए ।