सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

‘मिस्टर मोटे’को आवेदन खुल्यो

दैनिक नेपाल २०७६ वैशाख ३ गते १४:१८

काठमाडौं । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ गर्ने भएको छ । यसका लागि आवेदन खुलेको छ ।

१६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ ।

अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले २ वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपाल आयोजना गरी आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको हो ।

प्रतिक्रिया
सम्बन्धित