बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

आइपिएलको युवा उदयीमान खलाडीमा सन्दिप लामिछाने सबैभन्दा माथि, भोट गरिहाल्नुहोस्

दैनिक नेपाल २०७६ वैशाख ३ गते १३:५०

काठमाडौं, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)ले हरेक बर्ष दिने उदीयमान युवा खेलाडी अवार्डको भोटिङमा दिल्ली क्यापिटल्सबाट खेलीरहेका नेपाली सन्दिप लामिछाने सबैभन्दा अगाडि छन् ।

४ खेलमा ५ विकेट लिएका सन्दीपले मंगलबार दिउँसोसम्म ६० प्रतिशत भोट नाघेको छ । रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराजले ३७ प्रतिशत भोटमा पछ्याइरहेका छन् ।

इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका अन्य खेलाडीहरु मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल भने भोटिङमा निकै पछि छन् ।

उदीयमान खेलाडीको विजेता आम मानिसको भोटसँगै टेलिभिजन कमेन्टटर्सहरुको रोजाईका आधारमा हुन्छ ।

सन्दिपलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया
सम्बन्धित