बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

स्वर्णधारी फुपुमाथि सन् २०२० सम्मका खेलमा प्रतिबन्ध

दैनिक नेपाल २०७६ वैशाख २ गते २०:१९

काठमाडौं, २ वैशाख । ओलम्पियक खेलाडी फुपुल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी फुपुमाथि नेपाल जुडो संघले प्रतिबन्ध लगाएको हो ।

फुपुले यस विषयमा संघका पदाधिकारीको व्यवहारप्रति दुःख व्यक्त गरेकी छन् ।

फुपु गतवर्ष ओलम्पिकको सोलिडारिटी छात्रवृत्तिअन्तर्गत प्रशिक्षण गर्न जापान पुगेकी थिइन । तर, प्रशिक्षण नै पूरा नगरी स्वीकृत विना स्वदेश फर्किएपछि उनीमाथि संघ र नेपाल ओलम्पिक कमिटिले सो कारबाही गरेको जनाएको छ ।

फुपुले भने आफ्नो गल्ती भएको स्वीकार गर्दै खेलकुद पदाधिकारीहरुले त्यति वेलाको आफ्नो समस्या नबुझेको बताएकी छन् । उनले एक हप्ता अगावै औपचारिक रुपमा जानकारी गराएपनि आफ्नो शारिरीक र मानसिक समस्या पदाधिकारीहरुले नबुझेको बताइन् ।

भावुक भन्दै उनले भनेकी छन्, ‘एक हप्ताभित्रसम्म म कुर्छु त्यसबेला पनि केही गर्नु भएन भने म आफै पनि स्वदेश फर्किन्छु भनेको थिए । किनभने मलाई त्यसबेला जस्तो गाह्रो कहिल्यै भएको थिएन ।’

प्रतिक्रिया
सम्बन्धित