४ कार्तिक २०८३, बुधबार

विश्वकप छनोट : मलेसियालाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लियो नेपाल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत सोमबारको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको सहज जित हात पारेको हो ।

नेपालका ओपनर रित गौतमले अविजित ३९ रन बनाए । आसिफ शेखले २६ तथा पवन सर्राफले १९ रन जोडे । कप्तान रोहित पौडेलले नट आउट ६ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रन बनाएको थियो । मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले ३र३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।

जितसँगै ३ खेलबाट ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मलेसिया पुछारबाट दोस्रो स्थानमा छ । अब नेपालले मंगलबार ओमानसँग खेल्ने छ ।