
काठमाडौं, २ वैशाख । नयाँ बर्ष २०७६ सालकाे पहिलाे काराेबार भएकाे दिन साेमबार सेयर बजार परिसूचक नेप्से बढेकाे छ । साेमबार सेयर ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा राेकियाे ।
साेमबार सेयर बजारमा ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १६५ कम्पनी सामेल भए, जसमा बैकिङ समुह (५.८९ अंक), होटल समुह (२२.४९ अंक), विकास बैंक समुह (४.१३ अंक), निर्जिवनबिमा समुह(६.९५ अंक), उत्पादन तथा प्रशोधन समुह (१०.३५ अंक) र माइक्रो फाइनान्स समुह (४२.४४ अंक) मा हरियाली छाएको छ ।
यता जलविद्युत, फाइनान्स, जीवन बिमा समुह र अन्य समुहमा भने गिरावट आएको छ ।















प्रतिक्रिया