बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

‘कालो वर्ष’को ट्रेलर सार्वजनिक

दैनिक नेपाल २०७६ वैशाख १ गते ७:३९

काठमाडौं । चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख १३ गतेबाट प्रर्दशनमा आउने उक्त चलचित्रको ट्रेलर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सुरेन्द्र बुढाथोकि, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन् । योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।

अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन् । चलचित्रलाई २०७२ सालमा गएको महाभूकम्प पछिको जनजीवन, बलत्कार र बैदेशिक रोजगारीमा जानेको पीडालाई पर्दामा दर्शायिएको छ ।

प्रतिक्रिया
सम्बन्धित