४ कार्तिक २०८३, बुधबार

यु–१९ विश्वकप छनौट, जम्मा १ रनले युएईसँग नेपाल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । यु–१९ विश्वकप छनौटको दोस्रो खेलमा नेपाल युएइसँग जम्मा १ रनले पराजित भएको छ ।

वर्षाका कारण प्रभावित खेलमा युएईले नेपाललाई १ रनले पराजित गरेको हो। खेलको निर्णय डकवर्थ लुइस मेथडबाट भएको हो।

यो पराजयसँगै नेपाल जारी प्रतियोगितामा एक खेलमा जित र एकमा पराजित भएर अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा शनिबार बिहान शुरु भएको खेलको दोस्रो इनिङमा वर्षा भएको थियो।

दोस्रो इनिङमा युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल प्रभावित भएको थियो। वर्षाले प्रभावित हुन्जेलसम्म मलेसियाले ३ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। उसले ३० ओभर खेलिसकेको अवस्थामा वर्षा भएर खेल स्थगित भएको थियो। युएईलाई जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्ने थियो।

उससँग ७ विकेट बाँकी थिए। वर्षाले खेल प्रभावित हुन्जेलसम्म युएईका विरित्या अरविन्द ४७ रन बनाएर क्रिजमा थिए भने शून्य रनमा पालानियापन मेयाप्पन पनि क्रिजमै थिए। युएईका अंश टन्डन ५४ रनमा आउट भएका थिए भने सैयद हैदर पनि ११ रन बनाएर आउट भएका थिए।

४ रन बनाएका आर्यन लाक्रा रन आउट भएका थिए। नेपालका लागि सागर ढकाल र कमल ऐरीले एक(एक विकेट लिएका थिए। टस हार‍ेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो। नेपालका लागि हरी चौहानले नटआउट ६७ र भीम शार्कीले ५३ रन प्रहार गरेका थिए। रित गौतमले ४४ र आरिफ शेखले २७ रन जोडेका थिए। युएईका लागि रिषभ मुखर्जीले ४ र महम्मद फजरुद्दिनले ३ विकेट लिएका थिए।