बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

नेपाल युएईसँग एक रनले पराजित

दैनिक नेपाल २०७५ चैत ३० गते १६:२१

काठमाडौं, ३० चैत । यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ ।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले अंक गुमाउनु परेको हो । युएईविरुद्ध राम्रो स्थितिमा रहेको नेपालका लागि वर्षा वाधक बन्न पुग्यो ।

वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियम अनुसार युएईलाई ३० ओभरमा १ सय २२ रनको लक्ष्य दिँदै उसलाई एक रनले विजयी घोषणा गरिएको हो। जुन वर्षा पहिले नै युएईले तीन विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। अन्तिम बलमा तेश्रो विकेट लिएपछि खेल रोकिएको थियो। तर वर्षा नरोकिएपछि पुनः खेल हुन सकेन र डकवर्थ लुइस नियमका आधारमा युएई विजयी भयो।

नेपालका लागि कमलसिंह ऐरी र सागर ढकालले एक÷एक विकेट हात पारेका थिए। पहिलो ओभरमा पाँच रन बनाउँदा पहिलो सफलता हात पारेको नेपालले २१ रन बनाउँदा दोश्रो विकेट लिएको थियो ।

तेश्रो विकेटका लागि भने नेपालले ३० औं ओभरमा १ सय २२ रन बनाउँदा लिएपनि त्यसपछि खेल स्थगित हुन पुग्यो।

प्रतिक्रिया
सम्बन्धित