सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

भुनव र अनमोलको बेहाल, खस्कियो बुबाछोराको स्टारडम

दैनिक नेपाल २०७५ चैत ३० गते ७:३१

काठमाडौं, ३० चैत । पुराना अभिनेता भुवन केसीले निर्माण गरेको फिल्म यस पटक दर्शकले रुचाएनन् । आफ्नै छोरा अनमोल केसीलाई हिरोमा खेलाएका भुवनको फिल्म अपेक्षा गरिएभन्दा धेरै थोरै व्यापार गर्न सफल भएको छ ।

भुवनले निर्माण गरेको फिल्म ‘क्याप्टन’को कथा र फिल्माङ्कनलाई दर्शकले नरुचाएपछि लगानीमा धक्का पुगेको छ । फिल्म चलाउन भुवनले अनेक तिकडम गरेका थिए । दुई तिहाइको प्रधानमन्त्री ओली ओली र उनकी पत्नी राधिका शाक्यलाई ‘क्याप्टन’ हेराएका थिए ।

ओली आफै आएर फिल्म हेर्दा पनि ‘क्याप्टन’ले कमाल गर्न सकेन । ओलीलाई फिल्म हलसम्म ल्याएर ‘क्याप्टन’ देखाउन झण्डै तीन हप्तासम्म भुवनले बालुवाटारको चक्कर लगाएका थिए । भुवनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हलसम्म ल्याएर फिल्म देखाए । तर, कुनै पनि प्रभाव पर्न सकेन । हुन त भुवन आफै पनि नेकपाका नेता हुन् ।

भुवनले बनाउने फिल्म पहिलाको जस्तो राम्रो हुन छाडेको प्रतिक्रिया आउन थालेको छ । भुवनको स्टारडम खस्केको यस पटक देखिएको चर्चा भएको छ ।

टिनेजर युवतीहरूमा अनमोल केसीको क्रेज छ । त्यो क्रेजलाई क्यास गर्न भुवनले ठूलै प्रयास गरे । तर, सफल हुन सकेनन् । यतिसम्म कि भुवनले गोपीकृष्ण फिल्म हलमा आएका दर्शकहरूलाई केही समय थुनेर तस्वीर खिचेर आफ्नो फेसबुकमा राखेर भ्रम फिजाउन खोजेका थिए ।

तर, दर्शकहरू भुवन केसीको भ्रममा परेनन् । गोपीकृष्ण मुभिजमा आधा दर्जन फिल्म हल छन् । हलमा ‘क्याप्टन’ मात्रै हेर्न सबै दर्शक आएका होइनन् । हलको मूल गेटमा ताला लगाएर सबै दर्शकलाई एक ठाउँमा जम्मा गराएर फोटो खिचेर फेसबुकमा हाल्नु भुवनको केटाकेटीपना थियो ।

‘क्याप्टन’को गीत राम्रो भएपनि दर्शक तानिएनन् । भुवन र अनमोलमा रहेको घमण्डले पनि ‘क्याप्टन’लाई ठूलो धक्का लागेको छ । आफूलाई मेगास्टार ठान्ने अनमोलले पचास लाखभन्दा कम पारिश्रमिकमा होमप्रोडक्सन बाहिरको फिल्म खेल्न मान्दैनन् । उनको यही अहँता र घमण्डले गर्दा धेरै फिल्म निर्माता र निर्देशकहरू चिढिएका छन् । यसको घाटा स्वयं अनमोललाई पर्ने गरेको छ ।

फटबलको कथामा बनेको ‘क्याप्टन’ले शुरुदेखि नै लय पकड्न सकेको थिएन । फिल्म सलल बग्न नसकेको समीक्षकहरूले आफ्नो टिप्पणीमा उल्लेख गरेका छन् । ‘क्याप्टन’लाई फिल्मका निर्देशक दीवाकर भट्टराईका कारण पनि दर्शकले नरुचाएको आरोप छ । ‘क्याप्टन’ नचल्नुको मुख्य आरोप अनमोललाई नै ।

कमजोर अभिनय क्षमताका अनमोलले ‘क्याप्टन’मा अभिनय सुधार हुन्छ भन्ने धेरैको अपेक्षा थियो । तर, त्यो देखिएन । फितलो अभिनय र कलाकारमा हुनुपर्ने गुण अनमोलमा देखिएन ।
फुटबलको विषयवस्तु भुवनले हचुवाको भरमा ल्याएको धेरैको आरोप छ ।

फिल्ममा नयाँ प्रविधि प्रयोग भएपनि ‘क्याप्टन’ले लगानी उठाउन सकेन । लगानी उठाउनका लागि भुवन र अनमोलले विदेशमा गएर पैसा संकलन गर्ने योजना बनाएका छन् । बुबा छोराको यो योजना कति सफल हुने हो हेर्न बाँकी छ ।

भुवनले ‘क्याप्टन’ले कमाइ गरेको रकमबाट राज्यलाई कति कर तिरे त्यसबारेमा पनि केही भनेका छैनन् । फेसबुकमा पनि स्टाटस राखेका छैनन् ।

त्यति मात्रै होइन भुवन र अनमोलले मिडियाले आफूहरूको स्टारडमका कारण साथ दिन्छन् भन्ने जुन भ्रम पालेका थिए त्यो पनि यस पटकबाट टुटेको छ । भुवन र अनमोललाई ‘क्याप्टन’ रिलिजका बेला केही साना स्वरोजगारमुलक अनलाइन र युट्युबले भन्दा राम्रा मिडियोले साथ दिएनन् । मिडिया परिचालनमा पनि भुवन र अनमोल चुकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित