
काठमाडौं, २९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स्ले कोलकाता नाइट राइडर्ससँग खेल्दै छ ।
अहिले सवा आठ बजेपछि हुने शुक्रबारको खेलमा दिल्लीबाट सन्दीपले भने मौका पाएनन् । उनी शुक्रबारको खेलमा प्लेइङ एघारमा नपरेका हुन् । उनको ठाउँमा दिल्लीबाट किमो पाउललाई मौका दिइएको छ ।
कोलकाताको घरेलु मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।















प्रतिक्रिया