सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

अष्ट्रेलियामा नेपाली खेलाडीहरू मेडलका लागि शुक्रबारदेखि भिडने

दैनिक नेपाल २०७५ चैत २९ गते ९:०७

काठमाडौं, २९ चैत । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल्न नेपाली टोली सिड्नी पुगेका छन् । अष्ट्रेलियन ओपन कराते गेम खेल्न नेपालबाट कराते खेलाडीहरु मनीष थापा, बिप्लब श्रेष्ठ, गगन पुन र मल्लिका थापा गएका हुन् ।

टिप कोचमा करातेका पूर्वच्याम्पियन विनोद महर्जन रहेका छन् । अप्रिल १२ देखि १४ तरिखसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता सम्पन्न भएको अप्रिल १६ तारिखदेखि अस्ट्रेलियन नेशनल टिमलाई प्रशिक्षण गराउन जापानबाट खटाएका जापानी मूलकी पूर्व विश्व च्याम्पियन सातोमीसँग २ हप्ता विशेष प्रशिक्षण लिने कार्यक्रम रहेको प्रशिक्षक विनोद महर्जनले बताए ।

प्रतिक्रिया
सम्बन्धित