बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

बैंकमा खाता खोल्नेलाई नयाँ व्यवस्था

दैनिक नेपाल २०७५ चैत २९ गते ८:१३

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नयाँ व्यवस्था गरेको छ ।

बैंक खाता नभएकाहरूलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरूलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ ।

खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउनेछन् ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गरेको हो । यसअघि कुनै पनि बैंकमा खाता नखोल्नेलाई मात्र यस्तो व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित