आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

अमिताभ बच्चनद्वारा महँगो गाडी खरिद, बुहारी देखिइनन् तस्वीरमा

दैनिक नेपाल २०७५ चैत २९ गते ७:१९

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले केही दिन पहिले मार्सिडिज बेन्ज भी–क्लास गाडी खरिद गरेका छन । भी–क्लास भारतमा आजसम्म लन्च भएकामध्ये सबैभन्दा महँगो एमपिभी कार मान्छि । यसको मूल्य भारतमा ६८ लाख भारु पर्छ ।

अमिताभ सोही कारमा पत्नी जया बच्चनको जन्मदिनमा पूरा परिवारका साथ डिनरमा निस्किएका थिए । डिनरको तस्वीर अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।

तस्बिरमा अमिताभ, जया, छोरी श्वेता र छोरा अभिषेक मात्र देखिए । बुहारी ऐश्वर्या कतै देखिएकी छैनन् । ऐश्वर्या किन गइनन् त भन्ने चासो सेलिब्रेटीप्रेमीले राखेका छन् ।

ऐश्वर्याले सासूको जन्मदिनमा इन्स्टाग्राममा छुट्टै तस्वीर सेयर गरेकी थिइन् । तस्वीरमा जयाको साथमा ऐश्वर्या र छोरी आराध्या मात्र छन् ।

ऐश्वर्याले क्याप्सन लेखेकी छिन्, सधैँ खुसी रहनुस् । जयाको ९ अप्रिलमा जन्मदिन थियो ।

जन्मदिनभन्दा एक दिन पहिले छोरी श्वेताले जयालाई डिनरमा लिएर गएकी थिइन् । रेस्टुरेन्टबाट बाहिर निस्कँदा जया खुसी देखिन्थिन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित