
काठमाडौं, २८ चैत । एनआईसी एशिया बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाताको शुरुवात गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त खाता नयाँ वर्ष २०७६ बाट शुरु हुने छ । वैशाख १ गतेदेखि ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन शुरु हुने बैंकले जनाएको छ ।
यो खाता अन्तर्गत खाता खोल्ने खातावालाको खातामा नगद १ सय बैंक आफैंले जम्मा गरिदिने जनाएको छ ।















प्रतिक्रिया