सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

पूर्वराजाको तिर्थाटन : स्वर्ग कि सत्ताका लागि ?

निर्मल भट्टराई २०७५ चैत २८ गते १५:४८

-निर्मल भट्टराई

नेपालियन बोनापार्ट फ्रान्सको सम्राट भएपछि पेरिसमा उनको समर्थनमा एउटा ठूलो जनसभा आयोजना गरिएको थियो । जनताको अपार उपस्थिति देखेपछि नेपालियनको एक सहयोगीले अत्यन्त गदगदहुदै भनेछ, “हजुर अति नै लोकप्रिय होईबक्सिन्छ । हजुरको समर्थनमा आज लाखौं मानिस सडकमा आए ।”

सहयोगीको अपेक्षाको ठीक विपरीत नेपोलियनले उसलाई गाली गर्दै भने,“भाग उल्ल,ु मलाई मारेर यो चोकमा कसैले झुण्ड्यायो भने यसको दोब्बर मानिस आउँछन् !”

हिजोआज पूर्वराजा देश दौडाहामा छन् । मन्दिरको दर्शन गर्न ठाउँ ठाउँ पुगेका छन् । केही जनता पनि उनलाई हेर्न सडकमा निस्केका देखिन्छन् । के उनी साच्चै विगतको भन्दा लोकप्रिय हुँदै आएका हुन् ?

छ दशक संघर्ष गरेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिबाट जनता अघाई सके ? जनताको मतबाट बनेको शक्तिशाली सरकार र त्यसले हासिल गरेका अल्पकालीन दीर्घकालीन उपलब्धिहरु सबै औचित्यहीन भईसके ? स्थीर सरकारको माध्यमद्वारा समृद्धि प्राप्त गर्ने भन्दा अस्थीरता बनाएर देशलाई शक्ति केन्द्रको खेल मैदान भएको टुलुटुलु हेर्नु मात्र हामी नेपालीको नियति हो ? के २०१५ सालमा

मान्छेलाई बुढेसकाल चढ्दै गएपछि कसरी स्वर्ग पुगिएला भन्ने चिन्ताले सताउँछ भनिन्छ । पूर्वराजा ज्ञानेन्द्रले स्वर्ग प्राप्तिको लागि गरेको मन्दिर दर्शनलाई सत्ता प्राप्तिको आन्दोलन बुझ्ने मुठ्ठिभर शहरिया जमातको पछि लागेर कहीं कतै पुगिदैन

बनेको दुईतिहाईको कांग्रेसी सरकार अपदस्त गर्ने बाबु महेन्द्रको जत्तिकै तागत ज्ञानेन्द्रसँग छ ?

उल्लिखित तमाम प्रश्नको उत्तर “होइन र छैन”भन्ने आउँछ ।

मान्छेलाई बुढेसकाल चढ्दै गएपछि कसरी स्वर्ग पुगिएला भन्ने चिन्ताले सताउँछ भनिन्छ । पूर्वराजा ज्ञानेन्द्रले स्वर्ग प्राप्तिको लागि गरेको मन्दिर दर्शनलाई सत्ता प्राप्तिको आन्दोलन बुझ्ने मुठ्ठिभर शहरिया जमातको पछि लागेर कहीं कतै पुगिदैन । जनताले मतदानबाट धुलो चटाएको पूर्वपञ्चहरुको विभिन्न समूहले गरिरहेका र गर्ने भनिएका आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउन सक्दैनन् ।

राजतन्त्रलाई फर्काउने उदेश्यले हिन्दु धर्मको मुद्धा संगसंगै जोडेर उछालिदैछ । तर ध्रुव सत्य त यो हो– अब कोही नेपाली हिन्दु “विष्णुको अवतार”बाट शासित हुन चाहदैनन् । यो चरणबाट नेपाल धेरै अगाडि बढिसकेको छ ।

नेपालमा कम्युनिष्ट पार्टीले सुविधाजनक बहुमतसहित सरकार बनाएको देशभित्र र बाहिर धेरैलाई चित्त बुझेको छैन । नेपालमा अस्थिरता पैदा गराएर धमिलो पानीमा माछा मार्ने पङ्तिलाई पनि लामो अनुभवले नेपाली जनताले चिनेकै छन् । उनीहरुको गोटी बनेर बल्ल बल्ल तंग्रिन लागेको नेपालको राजनीति र अर्थनीतिलाई तहसनहस बनाउन देशका घोर दक्षिणपन्थी र उग्रवादी शक्ति एकै ठाउँमा आउने सम्भावनालाई भने नकार्न सकिदैन ।

उग्र दक्षिणपन्थी शक्ति र उग्र बामपन्थीको एउटा साझा अजेण्डा छ । त्यो हो —जनताले प्राप्त गरेका लोकतान्त्रिक अधिकारलाई ध्वस्त पार्नु ।

सरकारका सानातिना कमीकमजोरीलाई लोकतान्त्रिक गणतन्त्रको असफलतासँग जोडेर हेर्ने तरिका कतैबाट घरमा मुसो पस्यो भने घरै लडाउनु पर्छ भन्नु जस्तै हो । त्यसकारण अहिल्यै राजतन्त्र फर्कने यति ठूला तर्क र अनुमान भद्दा मजाक मात्र हुनेछ किनभने पूर्वराजाको मन्दिर यात्राको वर्णन उनी फर्केर नागार्जुन दरवार छिरेको दिन सकिने छ ।

हम्रोमा अर्को पनि चलन छ , चीलको डर देखाएर चल्ला टिप्ने । राजतन्त्र फर्कने हौवा पिटाएर कसको के स्वार्थ पूरा गर्नुछ अहिले प्रष्ट तस्विर देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित