४ कार्तिक २०८३, बुधबार

च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २६ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए ।

पाहुना टोली पार्टोले समेत खेलमा अवसर सिर्जना गरेको थियो । तर फरवार्ड माउसा मारिगा त्यसलाई गोलमा परिणत गर्न चुकेका थिए ।

उनका प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । दोस्रो लेगको खेल पार्चुगलमा अर्को हप्ता हुनेछ ।