४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकको सेवा थप तीन ठाउँबाट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । माछापुच्छ्रे बैंक लिमिटेडले मोरङ, नुवाकोट र रसुवामा गरी तीन नयाँ शाखा विस्तार गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकिसिनवारीमा बैंकले नयाँ शाखाको स्थापना गरी सेवा शुभारम्भ गरेको हो । उक्त शाखाको विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले गरे ।

यस्तै बैंकले नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुलीमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले गरे ।

बैंकले सञ्चालनमा ल्याएको रसुवाको गोसाँईकुन्ड गाउँपालिकास्थित टिमुरे शाखा कार्यालयको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले उद्घाटन गरेका छन् ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।

बैंकका हालसम्म देशभर ९९ वटा शाखाहरु रहेका छन् । यस्तै बैंकले ७६ शाखारहित बैकिङ्ग इकाई र १२१ वटा एटीएमहरु मार्फत पनि बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।