सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

‘लालुमै’लाई युट्युबमा १ करोड भ्यु (भिडियाे)

दैनिक नेपाल २०७५ चैत २६ गते १४:५८

काठमाडौं । गायक एवम् संगीकार शिव हमालकाे ‘लालुमै’ बोलको लोक तथा दोहोरी गीतले युट्युबमा एक करोड भ्युज् पाएको छ । फागुन १ मा हमालले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘लालुमै’ लाई युट्युबमा एक करोडले हेरेका हुन् ।

गीतमा हमालका आफ्नै शब्द छन् । गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप न्यौपानेले दिएका छन् ।

गीतमा ‘पिरती’ ‘सताएर’ ‘रुमकी’ ‘हाँसुम’ ‘भैछ’ ‘जुरेली’ ‘मोया’ ‘लालुमै’ ‘हिँत्ति’ ‘मरिजाउँ’ ‘ढाँटे’ ‘दोबाटो’ जस्ता गाउँमा बोलिने ठेट नेपाली भाषाका शब्द प्रयोग गरेका छन् ।

गीतलाई एरेञ्ज आशिष अविरलले गरेका छन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।

भिडियो

प्रतिक्रिया
सम्बन्धित