सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

कोरियाली म्युजिक भिडियाेले बनायो युट्युबमा कीर्तिमान, ६२ घण्टामा १० करोड भ्यु (भिडियाे)

दैनिक नेपाल २०७५ चैत २६ गते १३:१८

काठमाडौं, २६ चैत । दक्षिण कोरियाको ब्ल्याकपिङ्क पप सङ्गीतको समूहले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडियाेको कीर्तिमान कायम गरेको छ ।

‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ।

युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो। पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ।

कीर्तिमान

युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडिओ
१. ब्ल्याकपिङ्क : किल दिस लभ, पाँच करोड ६७ लाख
२. आरियाना ग्रान्डे, थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख
३. बीटीएस : आइडल अफिशल, चार करोड ५९ लाख

ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो। यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बनेको छ । –एजेन्सी

हेर्नुस् भिडियाे

प्रतिक्रिया
सम्बन्धित