बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

नेपालमा कार्ल मार्क्स मरिसके !

बिनोद ढकाल २०७५ चैत २६ गते ११:५३

-बिनोद ढकाल

यी वादहरूका विषयमा, खासगरी कम्युनिस्ट विचार र चिन्तनका सवै अध्यायहरूको जिम्मा घनश्याम भुसाललाई दिनुपर्छ । उनी जत्तिको अध्येता र विचारको व्याख्याकार सायद कोही छैन होला । तर, विश्व परिवेशमा कम्युनिस्ट विचारका विरोधाभाष, त्यसको नेपाली प्रयोग र देखिएका व्यवाहारिक स्खलनहरूमाथि आजको युवा विद्यार्थी, विद्वान र आम लेखकले विश्लेषण गर्न जरुरी छ । साथसाथमा प्रजातन्त्र, लोकतन्त्र अथवा गणतन्त्रको व्याख्यालाई आम नागरिकमा बुझाउन पनि आवश्यक देख्छु म ।

लोकतन्त्रमा सबैभन्दा फराकिलो दायरा आलोचनाको हुन्छ । यो दायरामा सत्तासँग प्रश्न गर्ने जबरजस्त अधिकार पाइन्छ । गल्ती भेटेको खण्डमा गाली गर्न पाइन्छ, सच्याउनका लागि अपिल गर्न पाइन्छ । सत्ताले उत्तर प्रतिप्रश्नमा अथवा अर्काको थाप्लो देखाएर उम्किन पाउँदैन । आम नागरिकले यसको प्रयोग अनिवार्य गर्नु राम्रो हो, यसले मुलुकमा प्रजातन्त्र वा लोकतन्त्र स्वस्थ्य छ भन्ने अनुभूतिमात्र गराउँदैन, विश्वमाझ व्याख्या गर्ने आधार पनि बनाइदिन्छ ।

नेपालमा कम्युनिस्ट बहुमतको सरकार चार सय दिनदेखि जारी छ । सपनाका पोकाहरू खुल्ने र खुलाउने काम भइरहेका छन् । अतिरञ्जित सपनामाथि प्रश्नोत्तर पनि जारी छन् । यद्यपि, के अहिलेको सत्ताको नाममात्र कम्युनिस्ट बहुमत हो की ? विचार, विमर्श, काम गर्ने लय पनि कम्युनिस्ट हो ? यो प्रश्न गर्न मन लाग्छ ।

कम्युनिस्ट भन्ने, समाजवाद भन्ने तर दलाल पूँजीपतिको सहारामा दिन गुजारा गर्ने, पश्चिमा मुलुक घुम्ने, अंग्रेजी बोल्न नआउने तर जबरजस्त बोल्नैपर्ने चिन्तन एकातिर, अर्कातिर पद र प्रतिष्ठाको लाभ नउठाई बस्नै नसक्ने व्यवाहारका पालकहरूको दलीय छाला त कम्युनिस्ट होला तर चिन्तन, विचार र व्यवाहार तानाशाही, नोकरशाही भन्दा फरक देखिएको छ त ?

किनभने, मार्क्सले मजदुर समानताको विषयमा आदर्श र दर्शन प्रतिपादन गरे, मजदुरको हकहितका लागि काम गर्ने एउटा कर्मचारी प्रेम सञ्जेलको मजदुर मन्त्रालयले सरूवा गर्छ । उसले मजदुरमारा नीति र व्यवाहारको विरोध गर्दै सत्ताविरुद्ध जनतामा बोल्ने दिन फर्किन्छन् । यो एउटा उदाहरण मात्र हो ।

अब चर्चा गरौं, कम्युनिस्ट दर्शनको फ्युजन र नयाँ कम्युनिज्मको कुरा !

विचारधाराको विरोधाभाषभित्रबाट नयाँ विचारको सुरुआत हुनै सक्तैन । त्यसको संश्लेषणबाट नयाँ दर्शनको प्रतिपादनचाहिँ हुन सक्छ । मार्क्स, लेलिन र माओको परस्पर विरोधी विचारको प्रतिनिधि मात्र बन्नु भनेको असली कम्युनिस्ट बन्नु नै होइन जस्तो लाग्छ । त्यसको नयाँ व्याख्याबाट नयाँ दर्शन प्रतिनिधित्व गरी अगाडी आउँछ ।

यसर्थ, जनताको बहुदलीय जनवाद अथवा बहुलवादीय जनवादको विचारलाई स्थापित गर्ने मदन भण्डारीको नयाँ धारलाई पश्चिमाले भनेका रहेछन्– नेपालमा कार्ल मार्क्स जिउँदो छन् ।

तर भण्डारीको दर्शन र राजनीतिक लयबाट बिमुख भई विदेशी एजेन्डामा हस्ताक्षर गर्ने तथाकथित कम्युनिस्ट नामको सत्ता वा विद्रोही दुवै सर्वथा गलत हुन् । यीनमा कार्ल मार्क्सको आत्मा होइन, हिटलरको शासनशैलीको प्रेतात्मा छिरेको छ । जसका कारण सत्ताको बागडोर र टुप्पोमा सँधै बसिरहनुपर्छ भन्ने आशक्ति यीनमा छ । भण्डारीको हत्यासँगै नेपालमा कार्ल मार्क्सको मृत्युवरण भएको थिएन, कम्युनिस्ट विचारको पतन भइसकेको थियो । अरु त तीन कक्षाको कथा जस्तो बाघको छाला ओढेर रातभरी अर्काको बाली नाश गर्ने गधाभन्दा केही देखिँदैनन् । यो अहिलेको प्रवित्ति र चरित्रले मात्र देखाएको होइन, जनताले बारम्बार नुहाइदिँदा पनि गाई बन्ने छाँटमा नचल्नुको परिणामले पनि पुष्टि गर्छ ।

कम्युनिस्ट भन्ने, समाजवाद भन्ने तर दलाल पूँजीपतिको सहारामा दिन गुजारा गर्ने, पश्चिमा मुलुक घुम्ने, अंग्रेजी बोल्न नआउने तर जबरजस्त बोल्नैपर्ने चिन्तन एकातिर, अर्कातिर पद र प्रतिष्ठाको लाभ नउठाई बस्नै नसक्ने व्यवाहारका पालकहरूको दलीय छाला त कम्युनिस्ट होला तर चिन्तन, विचार र व्यवाहार तानाशाही, नोकरशाही भन्दा फरक देखिएको छ त ?

उदाहरणका लागि केही नेताको जीवनशैलीलाई हेरे हुन्छ । कम्युनिस्टका आधुनिक युगका नेता प्रचण्डको नीजि शैली, उनको राजनीतिक परिवारवादी व्यवाहार सतहमा आइसकेका छन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताको टुप्पोमा बसिइरहनुपर्ने आशक्ति अथवा माधवकुमार नेपालले खोजेको सुविधा र भागवन्डा ।

यी भन्दा बाहेक रघुवीर महासेठको सम्पत्ति विवरण, कम्युनिस्ट सांसदहरूको शक्ति केन्द्रमा हुने चलखेल, नियुक्तिका लागि लिइने कमिशन, दलाल पूजीँपतिको फाइदाका लागि गरिने कानुन र विधानको तोडमोडको नियतीले प्रस्ट पार्दैन ?

यहाँ कांग्रेस अथवा अन्यको चर्चा भएन भन्ने प्रश्न उठ्न सक्छ । किनभने आफ्नो उत्तरदायीत्व बोध नगर्नेले पन्छिनका लागि अरुको कमजोरीमाथि टेकेर प्रहार गर्ने संस्कार बसालिएको छ ।

हो, कांग्रेस ठिक थिएन यसकारण कम्युनिस्टका नाममा विकल्प खोजिएको हो । राजतन्त्र ठिक थिएन भन्ने लागेरै लोकतान्त्रिक आन्दोलन भएको थियो । राजसंस्था हटाउनुपर्छ भन्ने एजेन्डा स्वार्थको आशक्ति र ललिपपका आधारमा छिराइयो, जनताले यसको पनि तिव्र आलोचनाचाहिँ गरेनन् । तर ओइलाईसकेको राजसंस्थाका अन्तिम प्रतिनिधिले देश घुम्दा देखेको हरियालीले केही संकेतचाहिँ गरेको छ । यो, अर्को पाटो भयो ।

अनि, लेलिनले नि ! लेलिनले भनेका थिए,‘युवाहरूको एउटा युग मलाई देऊ, म संसार परिवर्तन गरेर देखाइदिनेछु ।’ तर, नेपाली युवाको एउटा युग त परदेशमा बितिसक्यो । अनि यो नेतृत्व लेलिनको विचारमा हिँडेको रहेछ त ?

मौलिक इतिहासलाई नामेट पारी पुरातन दर्शनकै चर्चा गर्ने हो भने माओ त्सेतुङ सम्झौं एकपटक । उनले भने– ‘कम्युनिजम भनेको माया प्रेम होइन । यो त यस्तो ह्याम्मर हो जसले दुश्मनलाई हान्नपर्छ । अथवा चोट दिनेलाई प्रत्याक्रमण गर्न पर्छ ।’

माओले युद्धबाटै राजनीति गर्नुपर्छ भन्ने दर्शन दुनियाँलाई बाँडे । उनले रगत बगाउनुपर्छ भन्ने मानक स्थापित गरिदिए । त्यहि मान्यताका आधारमा युद्धको मैदानमा हजारौं मानिस सरिक भए, सहिद पनि भए, नेपालमा । त्यसको जस र अपजस दुवैको भारी प्रचण्डले बोक्नु परेको छ । तर, प्रचण्डले त्यसबेला उठाएको मार्क्सवाद, लेलिनवाद र माओवाद भन्ने विचारको तालमेल कहाँ थियो ? योचाहिँ जोड्न अथवा अपभ्रंश पारेर बुझ्न पनि कठिन हुने रहेछ । किनभने मार्क्सले त युद्धका कुरा गरेका छैनन् । रगतका कुरा गरेका छैनन् । उनले मजदुरलाई उठाउने कुरामात्र गरेका थिए ।

अनि, लेलिनले नि ! लेलिनले भनेका थिए,‘युवाहरूको एउटा युग मलाई देऊ, म संसार परिवर्तन गरेर देखाइदिनेछु ।’

तर, नेपाली युवाको एउटा युग त परदेशमा बितिसक्यो । अनि यो नेतृत्व लेलिनको विचारमा हिँडेको रहेछ त ? सरकारले सामाजिक सुरक्षा कोषको कार्यक्रम, युवा स्वरोजगार कार्यक्रममात्र होइन, बेरोजगार युवालाई भत्ता दिने कार्यक्रम पनि ल्यायो । साथमा जापान, कोरिया, मलेसीयाका लागि रोजगारीका नयाँ सम्झौता पनि गरेको छ । खाडी र अन्य मुलुकमा रोजगारीको खोजीमा जाने युवाको त कुरै छाडौं ।

५० लाख युवा शक्ति मुलुकभन्दा बाहिर छन्, देश होइन परदेशको भौतिक संरचना निर्माणमा आफ्नो सीप खर्च गरिरहेका छन् । ति आम नेपाली युवा हुन् । कुनै दलको दलदलमा पर्न नजान्ने । अनि, सरकारले ल्याएका कार्यक्रमको बजेटचाहिँ तिनकै कार्यकर्ताको भरणपोषणका लागि होइन कसरी भन्नु ? एक जना आम साधारणले प्रमाणपत्र राखेर युवा कोषको रकम निकाली काम गरेको उदाहरण सरकारले दिन सक्ला ? यो आफ्नो पार्टीको होइन तर नेपाली जनता हो भनेर ऋण दिएको वा रकम दिएको उदाहरण पेस गर्न सक्ला त ?

एक युगका युवालाई मुलुकमा अड्याउने नीति ल्याउनुको साटो अर्को देश खेद्ने ताम्रपत्रमा हस्ताक्षर गर्ने कसरी लेलिनवादी हुन सक्छ ?

फर्किएर इतिहासको जगमा वर्तमानमा रमाउँदै गर्दा भविष्यको लेखाजोखा के हुनसक्छ भन्ने अनुमान नेपालीले गर्न छाडे । जसरी आफ्नो परिवार सुखका लागि आउने सात पुस्तासम्मलाई सम्पत्ति जोड्ने व्यक्तिवादी चरित्रमा हरेक नेपाली दौडिएको छ, उसले आगामी सात पुस्तासम्मको नेपालको चित्र कस्तो परिकल्पना गरेको होला ? विश्व मानचित्रमा नेपालको आकार कस्तो सोचेको होला ? भन्ने चिन्तनमा अलमलिरहेको छु, म ।

राजनीतिले नै मुलुकलाई विश्वमा कस्तो प्रतिस्पर्धामा उतार्ने भन्ने तय गर्छ । त्यसले समाजको चित्र कोर्छ, शिक्षा, स्वास्थ्य र विज्ञानप्रविधिको विकासको चिना कोर्छ । हामी, भविष्यप्रति जिम्मेवार नै छैनौं । व्यक्तिको भविष्यप्रतिको आत्मकेन्द्रित भावनामा बगेका हुन सक्छौं तर मुलुकको भविष्यप्रति कुनै सरोकार छैन ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धका भाषण गर्दा उनका वरिपरि घुमिरहेका बिलखवादीहरूको स्वार्थ हाँसिरहेको देखिन्छ । प्रधानमन्त्री हुनुअघिको चुनावमा ओली जनप्रिय थिए । राष्ट्रवादी थिए । त्यसैको जगमा उभिएका कारण चुनावमा जनताले विश्वास गरेका थिए । उनको नेतृत्वलाई विश्वास गर्दा, नियतीका चतुर्भुज बोकेर हिँडेका कतिपय भ्रष्ट अनुहारलाई पनि जिताइदिए । सत्तामा पुराइदिए । जब सत्ताको बागडोरमा पुगेका ओलीको टल्किने अनुहार हेर्छु त्यहाँ कर्पोरेट क्षेत्रका व्यक्तिको प्रतिबिम्बमात्र देख्छु । जहाँ कर छली, भ्रष्टाचार मुद्दा, ठेक्कामा ठगी, बैंकिङ कसुरका अभियोग लागेकाहरू झलझली देखिन्छन्, पाँचतारे मञ्चको नेपथ्यतिर ।

समग्रतामा नेपालमा मार्क्सको जन्म त भएको थियो । तर तिनीसँगै त्यो विचारको हत्या गर्ने प्रेतात्माहरूले धेरैका मगज घुमाए । त्यहि घुमेका मगजका कारण मुलुकको शासनशैली, राजनीतिक आन्दोलन र अनेक नाममा जनताको मगज भुटियो

मार्क्स आफैंले भनेका थिए,‘मलाई एउटा मात्र कुरा थाहा छ, म मार्क्सवादी होइन । यो भनाईको तात्पर्य, उनी व्यक्तिवादी होइनन् । तर नेपालमा उनको व्यक्तित्ववादको पुच्छर झुन्ड्याउनेहरूले नीति बनाएको नाउँमा नियतिको लाभ उठाउन छाडेनन् ।

हामी छिमेकविरुद्ध बोल्दा राष्ट्रवादी ठान्छौं, उच्च कम्युनिस्ट मान्छौं कतिपयलाई । उसको तिव्रता, उसको विश्व शक्तिमा दर्ज हुने अभियानको वैज्ञानिक पाटो, व्यवाहारिक बस्तुस्थितिलाई बुझ्ने कोशीश गर्दनौं । उसले हरेक दिन उत्पादन गर्ने डाक्टर, इन्जिनियर दार्शनिकको पाटोलाई हेक्का राख्दैनौं । उसले बनाएका क्षेप्यास्त्रले भूमण्डलमा रहेको अर्को विश्वमाथि गरेको प्रत्याक्रमणबारे गहन अध्ययन गरी त्यसमा कसरी पुग्ने भन्ने आधारशीला खडा गर्दैनौं । भर्खरै पानी जहाज र रेलका लागि कार्यालयको रिवन काटेर विश्वविजयी भएको ध्वाँस देखाउदै आत्मरतीमा रमाउँछौं । यो आत्मरतीले २१ औं शताब्दिको एक चौथाईको समयमा कति काम गर्ला ? योचाहिँ जनस्तरबाट सत्तातिर औंला उठाएर सोध्नुपर्ने प्रश्न हो की होइन ?

समग्रतामा नेपालमा मार्क्सको जन्म त भएको थियो । तर तिनीसँगै त्यो विचारको हत्या गर्ने प्रेतात्माहरूले धेरैका मगज घुमाए । त्यहि घुमेका मगजका कारण मुलुकको शासनशैली, राजनीतिक आन्दोलन र अनेक नाममा जनताको मगज भुटियो । यतिधेरै ‘भुटन’ बनेका जनता अहिले पनि हुन्डरी जसलाई टोर्नाडो भनेर व्याख्या गरिएको छ त्यसैले उडाएको छत पाउँदैनन्, भुइँचालोले भत्काएको पर्खाल पाउन सक्षम छैनन्, पहिरोले बगाएको खाँवो पाइरहेका छैनन् । अनि, मार्क्स जीवित हुन्छन् त ? यो प्रश्न पाठकलाई छाड्दै बिट मार्छु ।

प्रतिक्रिया
सम्बन्धित