
काठमाडौं, २६ चैत । मंगलबार सुनको भाउमा वृद्धि भएको छ । सोमबार तोलामा २ सय रुपैयाँले बढेको सुन मंगलबार थप ३ सय रुपैयाँ महंगो भएको हो ।
मंगलबार बजारमा छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ६० हजार रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ। चाँदी मंगलबार प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया