४ कार्तिक २०८३, बुधबार

सैनिक कल्याणकारी कोष र प्रभु बैंककाे सहकार्यमा सहुलियत कर्जा कार्यान्वयनमा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ चैत । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच भएको सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनको शुभारम्भ गरेका हुन् ।

नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा–छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

सम्झौता बमोजिम शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लिमिटेडको बबरमहलस्थित मुख्य शाखा कार्यालय लगायत यो कर्जा सुविधा उपभोग गर्न चाहने सैनिक सन्ततीहरुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झन्झटरहित तवरले प्राथमिकताकासाथ उपलब्ध हुनेछ ।

प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने जेहेन्दार एवं क्षमतावान नेपाल सैनिकका सन्ततीहरुले आर्थिक सहजताका लागि यो कर्जा सुविधा उपभोग गर्न आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।