८ कार्तिक २०८३, आइतबार

सीमाबाट भित्रिन्छ बर्डफ्लु, लेयर्स पनि संक्रमित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २५ चैत । भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो। तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए। कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ।

नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ। ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न।’

हेटौंडामा बर्डफ्लु देखिएको दुई महिना बित्न लाग्यो। तर यो नियन्त्रणमा आएको छैन। नियन्त्रणमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेका कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो। फागुन १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गरिका थिए। बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्रीबितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान थालेको थियो।