
काठमाडौं, २४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टि-ट्वान्टी क्रिकेट करियरमा ५० विकेट पुगेको छ । १८ वर्षका सन्दीपले अन्तर्राष्ट्रिय टि-ट्वान्टी क्रिकेट करियरमा हालसम्म ५० विकेट लिन सफल भएका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार रोयल च्यालेन्जर्स बैंगलोरका मोइन अलीलाई आउट गरेसँगै उनको टि-ट्वान्टी क्रिकेट करियरको खातामा ५० विकेट पुगेको हो ।
आइपीएलमा उनी दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।
सन्दीपको यो सफलताको प्रशंसा गर्दै उनी खेलिरहेको टिम दिल्लीले उनलाई बधाई दिएको छ ।
















प्रतिक्रिया