
काठमाडाैँ, २४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा बुटवल ग्याँस उद्योगको ट्रक दुर्घटना भएको छ ।
बुटवल ग्याँस उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक आइतबार मंगलापुर चोकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ वटा रेलिङ भाँचिएका थिए भने सबै सिलिण्डर सडकमा छरिएका थिए । ग्याँस सडकमा छरिए पनि विष्फोट नभएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्याँस सिलिण्डर थिए ।















प्रतिक्रिया