
काठमाडौं, २३ चैत । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
प्रभातफेरि
१० औं वर्ष प्रवेशको अवसरमा शनिबार विहान बैंकले प्रभातफेरि सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविर
१० औं बर्ष प्रवेशको अवसरमा बैंकले शनिबार कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्वास्थ्य शिविरमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । सो मध्ये आङ खस्ने सम्बन्धि समस्याको अप्रेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था मिलाइएको छ ।
उक्त शिविरमा २५० जनाले जनरल मेडिसिन चेकअपको सेवा लिएका थिए भने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७ जनाले सेवा लिएका थिए ।
यस्तै सुर्खेत शाखा,विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनिहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो ।
रक्तदान कार्यक्रम
जनता बैंकले आफ्नो १० औं वर्ष प्रवेशको अवसरमा बैंकको केन्द्रिय कार्यालय थापाथली तथा सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
सहयोग
जनता बैंकले आफ्नो १० औं वर्ष प्रवेशको अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण गरेको छ ।
यस्तै, मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिनुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था पनि बैंकले मिलाएको छ ।
छात्रवृत्ति वितरण
जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण गरेको बैंकले जनाएको छ ।















प्रतिक्रिया