
पोखरा, २३ चैत । राष्ट्रिय सहकारी बैंकको आयोजनामा बैंकका सहयोगी तहका कर्मचारीहरुका लागि पोखरामा आयोजित ३ दिने दक्षता अभिवृद्धि तालिम तथा भ्रमण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यालयमा सबै भन्दा पहिला शेयर सदस्य लगायत सेवा लिन आउनेहरुसंग सम्पर्क हुने सहयोगी स्तरका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा कर्मचारीहरुलाइ सञ्चार सिप, आपसी सम्बन्ध निर्माण सिप, सकारात्मक सोचाइ निर्माण सिप लगायतका विषयहरुमा प्रशिक्षण दिइएको छ ।
कर्मचारी प्रशिक्षण प्रतिष्ठान ललितपुरका प्रशिक्षक शोभा कट्टेल र बैंकका बरिष्ठ अधिकृत एवम् शिक्षा तथा तालिम विभाग प्रमुख मिना कुमारी शर्माले सहजीकरण गरेकी थिइन् ।
सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकको लक्ष्य तथा उदेश्य अनुरुप सेवा सुविधा प्रदान गर्नका लागि सहयोगी कर्मचारीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भएकाले तालिम प्रभावकारी हुने बताए ।















प्रतिक्रिया